दफा ८
अनुगमन र मूल्याङ्कन
८. अनुगमन र मूल्याङ्कन
यस राष्ट्रिय युवा नीति कार्यान्वयन गर्दा यसले प्राप्त गर्ने प्रतिफल र उद्देश्यहरू पूर्ण वा आंशिक रूपमा पूरा भए भएनन् सोको अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्रका रूपमा नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय रहने छ । यसका लागि आवश्यकतानुसार मन्त्रालयको संस्थागत क्षमताको अभिवृद्धि गर्ने व्यवस्था मिलाइनेछ । अनुगमन तथा मुल्याङ्कनका लागि सहभागितामूलक अनुगमन प्रणाली अवलम्बन गर्ने नीति अख्तियार गरिनेछ । यो नीति प्रत्येक ५ वर्षमा नियमितरूपमा पुनरावलोकन गरी परिर्माजन र सुधार गरिनेछ । यस नीतिको तर्जुमा गर्दा वृहद् राष्ट्रिय युवा सर्वेक्षण गरी नसकिएकोले केन्द्रीय तथ्याङ्क विभागले गर्दै गरेको किशोर तथा युवा सर्वेक्षणपश्चात् यस नीतिलाई आवश्यकता अनुसार परिमार्जन गरिने छ ।